Logo
  कार्तिक १, २०७८ सोमबार

साफ च्याम्पियनसिप फुटबल: नेपाल र बङ्गलादेश खेल्दै



काठमाडौँ, २७ असोज । साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।

मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्