Logo
  कार्तिक १, २०७८ सोमबार

पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक



काठमाडौँ, २७ असोज । फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले कतार विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा लक्जेम्बर्गमाथि ५-० को फराकिलो जित निकालेको छ ।

रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टी तथा दोस्रो हाफमा थप एक गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

रोनाल्डोले खेलको आठौं र १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । १७औं मिनेटमा ब्रुनो फर्नान्डेसले बर्नार्डो सिल्भाको पासमा गोल गरेका थिए । ६९औं मिनेटमा जोआओ पाल्हिन्हाले अग्रता बढाए। खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले आकर्षक हेड गर्दै ह्याट्रिक पूरा गरे ।

प्रतिक्रिया दिनुहोस्