Logo
  कार्तिक १, २०७८ सोमबार

अवको चुनावमा माओवादीले जमानत जोगाउन सक्दैन: नेता पोखरेल



दाङ, २७ असोज । एमाले नेता शंकर पोखरेलले पुष्पकमल दाहाल, प्रचण्डको भ्रममा परेर पछि लाग्दै आफ्नो भविष्य बर्वाद नपार्न सवै माओवादी नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

गृहजिल्ला दाङस्थित नेकपा एमाले बबई गाउँपालिका कमिटीले आज आयोजना गरेको वडादशै, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोदन गर्दै लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य पोखरेलले यस्तो सुझाव दिएका हुन् ।

‘पहिलो संबिधानसभामा माओवादी जताततै छायो, दोस्रो संबिधानसभामा आउँदाखेरी हरायो, स्थानीय चुनावमा जिल्लाभरी खोज्दा पनि कँही भेटिएन, पाहाडको टाकुरामा भेटियो, अवको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन, यो सच्चाइ हो,’ पोखरेलले भने । पोखरेलले प्रचण्ड षडयन्त्र गरेर सदैव नेतृत्व हत्याउने काममै सिमित रहेकोले सो पार्टी जनताको लागि नभई प्रचण्डको लागि मात्रै भएको पोखरेलले बताए ।

सधैभरी आफू नेता भइरहनका लागि प्रचण्डले षडयन्त्र गरेको र अहिले पनि त्यस्तै षडयन्त्रमा रहेकोले प्रचण्डबाट अव उज्यालो होइन, अध्याँरो मात्रै हात लाग्ने बताए । प्रचण्डले उत्तराधिकार घोषणा नगर्ने हुँकार गरेर माओवादीमा आफू बाँचुञ्जेल पार्टी नेतृत्वमा रहने घोषणा गरेको र माओवादीमा अरुको हैसियत नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्