Logo
  कार्तिक १, २०७८ सोमबार

लागु औषधसहित चार जना पक्राउ



रुपन्देही, २७ असोज । रुपन्देही प्रहरीले लागु औषधसहित चार जनालाई प्रकाउ गरेको छ ।

वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका वडा-२२ का २७ को सागर पोख्रेल र गोदावारी नगरपालिका वडा-१ प्रगतिनगर बस्‍दै आएका २० वर्षीय मधुकर बिश्वकर्मा, गैडहवा गाउँपालिका-९ का ३४ वर्षीय दुर्गा राना र कन्चन गाउँपालिका-२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नुफिन ३७ सि.सी, फेनेग्रान ३७ सि.सी., डाइजेपाम ३७ सि.सी, नाईट्राभेट-८८ पिस, डाईजापाम-४८ पिस बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्