Logo
  कार्तिक १, २०७८ सोमबार

आमाको स्मृतिमा अपांग बालबालिकालाई सहयोग



बिर्तामोड, २७ असोज । बिर्तामोडको एक खरेल परिवारले आफ्नी आमाको पुण्यतिथिको अवसर पारेर अपांगता भएका बालबालिकालाई सहयोग गरेको छ ।

आज एक अनौपचारिक कार्यक्रमका बीच बिर्तामोड-४ को खरेल परिवारले स्वर्गीय आमा नरमाया खरेलको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा अर्जुनधारा-६ मा रहेको अपांग बाल शिक्षा सरकोर केन्द्रलाई सहयोग गरेको हो ।

केन्द्रमा आश्रित बालबालिकाका लागि एक सेट पलङ, ढसना, सिरक, तन्ना, सिरानी र ब्लांकेट प्रदान गरिएको स्वर्गीय नरमायाका कन्छा छोरा नविनले जानकारी दिए ।

त्यस्तै, एक बोरा चामल, तेल, दाललगायत खाद्यान्न प्रदान गर्नुका साथै बालबालिकालाई खानासमेत खुवाइएको थियो । आफ्नी आमाको सामाजिक सेवाभाव उच्च रहेको बताउँदै नविन अध्यक्ष रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्थामा यसअघि एक लाख रुपैयाँको स्वर्गीय नरमाया शिक्षा कोष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्