Logo
  कार्तिक १, २०७८ सोमबार

प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण




विराटनगर, २७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण भएको छ ।

११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ११, धरानमा ३ र रामधुनीमा १, मोरङको विराटनगर र सुन्दरहरैचामा २–२, झापाको भद्रपुर र मेचीनगरमा १–१ र उदयपुरको उदयपुरगढीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश १ मा आज ११९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५७ महिला र ६२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्