Logo
  कार्तिक १, २०७८ सोमबार

सवारी दुर्घटनाबाट घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने



काठमाडौँ, २७ असोज । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने भएको हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निःशुल्क उपचारको व्‍यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै सवारी दुर्घटनामा ज्‍यान गुमाउनेहरुको अन्त्‍येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्