Logo
  कार्तिक १, २०७८ सोमबार

मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छु: श्रेष्ठ



काठमाडौँ, २७ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

बडादसैँको आठौं दिन आज मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा सो कुरा बताएका हुन् ।

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए । ‘मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्