Logo
  मंसिर १९, २०७८ आईतबार

टी-ट्वान्टी विश्वकप: स्कटल्याण्डले बंगलादेशलाई ६ रनले हरायो



काठमाडौँ, १ कार्तिक । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा बंगलादेश पराजित भएको छ ।

गएराति ओमानको अल अमिरात मैदानमा भएको पहिलो चरणको खेलमा बंगलादेशलाई स्कटल्याण्डले ६ रनले हराएको हो ।

स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका मुस्फिकर रहिमले ३८ तथा कप्तान महमुदउल्लाहले २३ रन जोडे । स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ तथा जर्ज मुन्सेले २९ रन बनाए । बंगलादेशका मेहदी हसनले ३ तथा मुस्ताफिजुर रहमान र शकिब अल हसनले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्