Logo
  मंसिर १९, २०७८ आईतबार

गुल्मीमा खोलाले जिप बगायो



गुल्मी, १ कार्तिक । गुल्मीमा डहरे खोला तर्ने क्रममा खोलाले जिप बगाएको छ ।

सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका वडा नम्बर ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप खोलाले बगाएको र फेला नपरेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिए । जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्