Logo
  मंसिर १९, २०७८ आईतबार

भारतको उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु



काठमाडौँ, १ कार्तिक । भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको पहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्लाधिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्र्दा उनीहरुलाई पुरिएको समाचारमा जनाइएको छ ।

घटनामा घाइते दुई जनालाई अस्पताल भर्ना गरिएको छ । राज्य सरकारले मौसममा सुधार नआउँदासम्म हिमालय क्षेत्रका मन्दीरमा नजान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्