Logo
  मंसिर १९, २०७८ आईतबार

सारेगमपमा चम्किँदै ‘सप्तक’ का कृपा र रोशा



झापा, २७ कात्तिक । नेपालकै ठूलो भनिएको अन्तराष्ट्रिय स्तरको चर्चित रियालिटी गायन शो सारेगमप लिटिल च्याम्प्स नेपालमा सुरु भएसँगै यसले नेपाली संगीत क्षेत्रमा नयाँ तरंग ल्याएको छ। यसले १६ बर्ष मुनिका बच्चाहरुको गायन प्रतिभालाई प्रस्फुटन गर्ने मौका प्रदान गर्नुका साथै नेपाली गीत संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकार उत्पादन गरेको छ।

झापा बिर्तामोडकी कृपा पौडेल र मेचीनगरकी रोशा फुयेल यस प्रतियोगिताको उत्कृष्ट १५ जनामा पर्न सफल भएका छन् । यी दुबैजना बिर्तामोड धिमालचोक स्थित सप्तक म्युजिक क्लासमा संगीत गुरु सरोज वत्स सँग संगीत सिक्दैछन्।

हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको उक्त रियालीटी सो मा कृपा र रोशाले गाएका गीतका कारण उनीहरुले लाखौं दर्शकको मन जित्न सफल भएका छन् ।

रोशाले अडिसनमा डेजी बराईलीको एउटा खुल्ला किताब हुँ गाएर जुरी र जजहरुको मन जित्न सफल भएकि थिइन भने कृपाले नारायण गोपालको छोरीको जन्म हारेको कर्म बोलको गीत गाएर अडिसन राउन्ड पार गरेकि थिइन।

रोशाको दाजु रोशन तबला बजाउँछ्न् । उनी सँगै गीत गाएर रोशाले धेरै भिडियोहरु फेसबुक, युट्युब आदिमा पोस्ट गरेकी छन् । उक्त भिडियोहरुलाई धेरै जनाले मन पराएर लाइक कमेन्ट गरेका छ्न् । कृपाले सानै उमेरदेखि स्कुलको कार्यक्रममा गीत गाउँदै आएकी छिन उनले झापाको धेरै स्टेज शोमा आफ्नो गायन प्रस्तुत गरिसकेकी छिन् ।

कृपा र रोशा दुबैले स्थानीय गायन प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गरिसकेका छन् । सारेगमपमा दुबैजनाले पटक पटक आफ्नो प्रभावशाली गायन द्वारा ब्लक्बस्टर अनि चाटबस्टर पाईसकेका छन् ।

सारेगमपका यी दुई झापाली आवाजलाई जज र जुरीले अत्यन्त राम्रो कमेन्ट दिएर हौसला प्रदान गरि रहेका छ्न् । दुबैजना सारेगमपको विजेता हुन योग्य भएको सप्तकका संगीत गुरु सरोज वत्स बताउँछन् । उनले दुबैजनालाई भोट गरेर सारेगमपमा अघि बढाउनका लागि सबैसँग आग्रह गरेका छन् । उनले भने, ‘यी दुबै नानीहरुलाई अघि बढ्न यहाँहरुको अमुल्य भोटको अति जरुरत रहने भएकाले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई धेरै भन्दा धेरै भोट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस्