Logo
  मंसिर १९, २०७८ आईतबार

त्रिदेवमा विद्यार्थीसँग परिचय तथा साँस्कृतिक कार्यक्रम सम्पन्न



मेचीनगर, २ मंसिर । नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा विद्यार्थीसँग परिचय तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक तथा कार्यबाहक सभापति अर्जुन गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेबिसंघका निवर्तमान केन्द्रिय सदस्य सन्तोष उप्रेती रहेका थिए ।

उक्त अवसरमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले आ-आफना कला प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा क्याम्पस प्रमुख माधव प्यालुरेल, नेबिसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौला, नेबिसंघका झापा जिल्ला सह-सचिव सुरज सुवेदी, नेबिसंघका झापा जिल्ला सदस्य नविन खतिवडा, नेबिसंघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ सभापति आइतहांग लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

This image has an empty alt attribute; its file name is 258735059_295550432468674_1972656119296532647_n-768x512.jpg

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेबिसंघका निवर्तमान केन्द्रिय सदस्य सन्तोष उप्रेती, क्याम्पस प्रमुख माधव प्यालुरेल, नेबिसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौला लगायतले आ-आफना धारणा राखेका थिए ।

नेबिसंघ त्रिदेव बहुमुखी क्याम्पस सह-सचिव पुजन गुरागाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चाललन सचिव सौरभ बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्