Logo
  मंसिर १९, २०७८ आईतबार

‘झ्याइँ झ्याइँ पञ्चे बाजा’ बजारमा



काठमाडौँ, ४ मंसिर । गीत ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ का गायक आशिष सचिन नयाँ गीत ‘झ्याइँ झ्याइँ पञ्चे बाजाले’ लिएर आएका छन् । गीतमा उनले गायिका ऋतिका श्रेष्ठसँग सहकार्य गरेका छन् ।

महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशन कविराज गहतराजले गरेका हुन् । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो ।

कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि अवसर रहेको उनको बुझाई छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्