Logo
  मंसिर १९, २०७८ आईतबार

प्रविशा र निर्माण विवाह बन्धनमा बाँधिए



काठमडौँ, ५ मंसिर । गायिका प्रविशा अधिकारी र उनका प्रेमी निर्माण सिटौला वैवाहिक जीवनमा बाँधिएका छन् । उनी आइतबार झापा चारपानेका सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् ।

प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ ।

गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए ।चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।

इन्जिनियर पेशामा आवद्ध सिटौलासँग प्रविशाको बिहीबार इंगजमेन्ट (फुलमाला) भएको थियो । पछिल्लो समयमा प्रविशाले आफ्नो प्रेम सम्बन्धको बारेमा मिडियामा पनि खुलेरै कुरा गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्