Logo
  मंसिर १९, २०७८ आईतबार

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा



काठमाडौँ, ८ मंसिर । म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।

स्पेनिस क्लब भिल्लारियलमाथि २-० को जित निकाल्दै युनाइटेड समूह चरणको एक खेल बाँकी छँदै अन्तिम १६ मा पुगेको हो ।

युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले गोल गरे । भिल्लारियलविरुद्ध गोल गरेसँगै रोनाल्डोले व्यावसायिक खेल करिअरमा ८ सय गोलको नयाँ कीर्तिमान बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्