Logo
  मंसिर १९, २०७८ आईतबार

प्रदेश १ मा ३७ जनामा कोरोना संक्रमण



विराटनगर, ८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण भएको छ ।

४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०-१०, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्