Logo
  मंसिर १९, २०७८ आईतबार

देशका धेरै ठाउँमा हुस्सु, तीन वटा प्रदेशमा हिमपातको सम्भावना



काठमाडौँ, ९ मंसिर । देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।

काठमाडौँसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । मौसम धुम्म भएको छ । तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुलेको हो ।

तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

यस्तै, आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए । यी क्षेत्रमा राति पनि हिमपात हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्