Logo
  मंसिर १९, २०७८ आईतबार

पीएसजी म्यानचेस्टर सिटीसँग पराजित



काठमाडौँ, ९ मंसिर । यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ ।

पीएसजीले समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ । सिटीले घरेलु मैदानमा पीएसजीलाई २-१ गोलले हराएको हो ।

पीएसजीले खेलको ५० औं मिनेटमा किलियन एम्बाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा गोल गरी बराबरी गरे ।

सिटीका वैकल्पिक खेलाडी ग्याब्रिएल जेससले खेलको ७६ औँ मिनेटमा गोल गरे ।

प्रतिक्रिया दिनुहोस्