Logo
  मंसिर १९, २०७८ आईतबार

कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा



काठमाडौँ, ९ मंसिर । कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गर्दै उपसभापति निधिले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने ।

नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुका साथै पार्टीमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्न आवश्यक रहेको र त्यो पूरा गर्नकै लागि आफूले सभापति पदमा उम्मेदवारी दिएको पनि प्रष्ट पारे ।

साथै उनले आगामी निर्वाचनमा कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउँदै आफूले सभापति जितेमा पार्टी कस्तो हुनेछ भनेरसमेत खाका प्रस्तुत गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुन गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्