Logo
  मंसिर १९, २०७८ आईतबार

सर्वोच्चमा मंसिर १५ गतेबाट गोलाप्रथा लागू गर्ने फुलकोर्टको निर्णय



काठमाडौँ, ९ मंसिर । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने भएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको हो ।

सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन। बिच बिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमति रूपमा बेन्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो। उक्त माग पूरा हुने भएको छ ।

न्यायाधीशहरूले गोलाप्रथा लागू भएपछि इजलासमा फर्किए पनि नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको कुनै विकल्प नभएको भन्दै आन्दोलन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्