Logo
  मंसिर १९, २०७८ आईतबार

लैगिक हिंसाविरुद्धको अभियान गाउँ-गाउँमा पुर्‍याउनुपर्छ: यादव



विराटनगर, ९ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ-गाउँमा पु¥याउनु पर्नेमा जोड दिएका छन् ।

उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा आज विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ-आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । निरन्तरको अभियानले लैंगिक हिंसा सँधैका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताए ।

‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान शुरुवात गर्दे विहान विराटनगरमा प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो ।

देवकोटा चौकबाट शुरु ¥यालीले बजार परिक्रमा गरि पुनः देवकोटा चौकमा आएर समापन भएको थियो । साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्