Logo
  माघ ८, २०७८ शनिबार

अध्यक्षमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुनेः भीम रावल



काठमाडौँ, १४ मंसिर । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्ने घोषणा गरेका थिए ।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले आफू अध्यक्ष पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका थिए ।

अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए शपथ लिन्छु । अरुमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अब प्रतिनिधिहरुले मत दिएनन् भने त कमिटीबाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरा लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराए । उनले महाधिवेशनको मतपरिणाम २ घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्