Logo
  माघ ८, २०७८ शनिबार

एमाले सचिवमा गोकर्णलाई बढी मत, भीम र टंक पराजित



चितवन, १४ मंसिर । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् ।

सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्‍माले समान १८०० मत पाएका छन् ।

त्यस्तै, लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्