Logo
  माघ ८, २०७८ शनिबार

रिलायन्स फाइनान्सकाे स्थापना दिवसमा बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग



झापा, १९ मंसिर । झापामा चारवटा शाखा रहेको रिलायन्स फाइनान्स लिमिडेटको बाह्रौ वार्षिकोत्सव शनिवार विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

यो वर्षको ‘हाम्रो रिलायन्स राम्रो रिलायन्स’ भन्ने नाराका साथ चारआली, दमक, धुलावारी र बिर्तामोड शाखाले स्थापना दिवस मनाएका हुन् । जिल्लाका चार वटै शाखाले अलग अलग कार्यक्रमको आयोजना गर्दे स्थापना दिवस मनाएको चारआली शाखा प्रमुख तथा फाइनान्सका प्रदेश प्रमुख जिवन श्रेष्ठले जानकारी दिए ।

प्रदेश प्रमुख श्रेष्ठका अनुसार चारआली र धुलावारी शाखाले संयुक्त रुपमा स्वोबोध साधना केन्द्र बाल आश्रम मेचिनगरका बालबालिकालाई लत्ताकपडा, स्टेशनरी र खाद्यय सामग्री प्रदान गरेर रिलायन्स फाइनान्सको १२ औं स्थापना दिवस मनाएको हो ।

चारआली र धुलाबारी शाखा एउटै पालिकामा रहेकाले संयुक्त रुपमा केन्द्रका बालबालिकालाई सामग्री प्रदान गरिएको धुलाबारी शाखाका प्रमुख बालकृष्ण घिमिरेले बताए । रिलायन्स फाइनान्स लिमिटेडका प्रदेश प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यता र धुलाबारी शाखाका प्रमुख बालकृष्ण घिमिरेको संयोजनमा भएको कार्यक्रममा स्वोबोध साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया, बालबालिका तथा फाइनान्स कम्पनीका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै दमक शाखाले दमक नगरपालिका-४ मा रहेको रत्न ज्येष्ठ नागरिक वृद्ध आश्रम चिया बगानका जेष्ठ नागरिकहरुलाई ७ थान सिरक, फलफुल, विस्कुट, फ्रुटी प्रदान गरिएको दमक शाखा प्रमुख प्रकाश ढकालले बताए ।

फाइनान्सले आफ्नो स्थापनाका दिन वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गतको विधामा समाजमा रहेका लक्षित वर्ग र समुहलाई सहयोग गर्दे आइरहेको छ ।

उक्त कार्यक्रममा आश्रमकी सञ्चालिका अर्जु सुनुवार, सामाजिक अभियन्ता काजी राउत, दिपेन्द्र पौडेल, तुलसा चापागाईँ, सन्तोश खतिवडा, घनश्याम सापकोटा लगायतले रिलायन्सको बाह्रौ वार्षिकोत्वसको अवसरमा शुभकामना व्यक्त गर्दै रिलायन्सले समाजमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

त्यसैगरी बिर्तामोड शाखाले कनकाई नगरपालिका-४ मा रहेको बाल विकास केन्द्रका बालबालिकालाई विद्यालय व्याग प्रदान गरेको बिर्तामोड शाखा प्रमुख अशोक पाठकले जानकारी दिए । त्यहाँ रहेका ३५ जना बालबालिकालाई विद्यालय व्याग र स्टेशनरी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्