Logo
  माघ ८, २०७८ शनिबार

दिल्लीमा पनि भेटियाे ‘ओमिक्राेन’



काठमाडौँ, १९ मंसिर । भारतको दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण देखिएको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा कोरोनाको नयाँ सङ्क्रमण देखिएको हो । ती व्यक्तिको एलएनजेपी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

भारतमा यो ओमिक्रोन भेरियन्टका पाँचौँ ‘केस’ हो । यसअघि बेङ्गलोर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्