Logo
  माघ ८, २०७८ शनिबार

स्राेत नखुलेकाे ६९ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ



काठमाडौँ, १९ मंसिर । स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित काठमाडौँबाट एक जना पक्राउ परेका छन् ।

दरबारमार्गमा कपडा पसल सञ्चालन गर्ने हिरोसी खनालको साथबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ परेका खनाल र बरामद भएको रकम थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्