Logo
  माघ ८, २०७८ शनिबार

प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण



विराटनगर, १९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ ।

३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त छन् । संक्रमणमुक्त हुनेमा ७ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्