Logo
  माघ ८, २०७८ शनिबार

कांग्रेस प्रदेश अधिवेशन: प्रदेश-१ मा घिमिरेको अग्रता



विराटनगर, १९ मंसिर । नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत ४०० मत गणना हुँदा सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ ।

चार सय मत गणना हुँदा उनले २१२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी उद्धव थापाले १७४ मत ल्याएका छन् ।

उपसभापतिमा रमेशजंग रायमाझीले १८६, टंकप्रसाद राईले १८१, गोबिन्दप्रसाद ढुंगाना(केदार) ले १७३ तथा विश्वनाथ रिजाल (त्रिलोचन)ले १६७ ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्