Logo
  माघ ८, २०७८ शनिबार

संसद् अवरुद्ध गर्नुको औचित्य छैन: रावल



काठमाडौँ, १९ मंसिर । नेकपा एमालेका नेता भीम रावलले संसद् अवरुद्ध गर्ने आफ्नै पार्टीेले गरेको निर्णयको विरोध गरेका छन् ।

आइतबार ट्विटरमार्फत नेता रावलले अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्ने नभए संसद् बैठक अवरोधको अर्थ नहुने बताएका हुन् ।

‘संसद् देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरुद्ध गरेको भन्नुको अ‍ौचित्य छैन,’ उनले भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्‍यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्‍यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैँ ठहर्छ ।’

प्रतिक्रिया दिनुहोस्