Logo
  माघ ८, २०७८ शनिबार

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक



नयाँ दिल्ली, २६ मङ्सिर, (सिन्ह्वा) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट ह्याक भएको छ । मोदीको कार्यालयले आइतबार बिहान छोटो समय ह्याक भएको पुष्टि गरेको छ ।

प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । प्रधानमन्त्री मोदीका दुई ट्विटर अकाउन्टहरू छन् @narendramodi र @PMOIndia ।

जहाँ @narendramodi का ४५.४ मिलियन फलोअर्स छन्, भने @PMOIndia का ७३.४ मिलियन भन्दा बढी फलोअर्स छन् । भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्विटर प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्