Logo
  माघ ८, २०७८ शनिबार

जेलमा यसरी समय बिताउँथे सञ्जय दत्त



काठमाडौँ, २६ पुस । बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो ।

यसको सुनुवाइ सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झन्डै १२ वर्ष पछि सन् २००७ मे १८ मा सुनुवाइ पुरा भएको थियो । उनी आम्र्स एक्ट अनुसार ६ वर्षको जेल सजायको भागिदार बने ।

सञ्जयका लागि जेल बसाई विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए । जेलमा उनले काम कैदी सरह समय बिताए । उनले जेलमा धेरै थैली बनाएका थिए ।

सञ्जयका अनुसार उनले पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर जेलमा पैसा कमाउँथे । उनले यसबापत प्रति बोरी २० पैसा पाउँथे । ‘म जेलमा दैनिक ५० देखि सय ब्याग बनाउँथे । मैले जेलमा बस्दा झन्डै पाँच सय रुपैयाँ कमाएको थिएँ । मैले त्यो सबै पैसा पत्नी मान्यतालाई दिएँ’, सञ्जयले भनेका छन् ।

सञ्जय आफ्ना लागि जेलमा कमाएको पाँच सय रुपैयाँको मूल्य ५ हजार करोड रुपैयाँ बराबर रहेको बताउँछन् । उनले सन् २०१३ देखि सन् २०१६ सम्म पुणेको यवदार सेन्ट्रल जेलमा सजाय कटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्