Logo
  माघ ८, २०७८ शनिबार

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण



काठमाडौँ, ३० पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले आफू संक्रमित भएको फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन, अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू संक्रमणपछि अहिले आइसोलेसनमा छन्। माओवादी नेताहरूलाई आठौं महाधिवेशनपछि संक्रमण भएको हो । एमाले महासचिव पोखरेल माओवादी महाधिवेशनको उद्घाटनमा गएका थिए  ।

प्रतिक्रिया दिनुहोस्