Logo
  माघ ८, २०७८ शनिबार

एकैदिन ५ हजार ०८७ जनामा कोरोना संक्रमण



काठमाडौँ, ३० पुस । पछिल्लो २४ घण्टामा ५ हजार ०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २० हजार ५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३५ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्