Logo
  माघ ८, २०७८ शनिबार

गृहमन्त्री खाँणसँग अस्ट्रेलियन राजदूतको भेट



काठमाडौँ, ३० पुस । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले शिष्टाचार भेटघाट गरेकी छन् ।

गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाँणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै कोभिड महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए । त्यस्तै नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न तयार रहेको बताएकी थिइन् । उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्