Logo
  माघ ८, २०७८ शनिबार

सेञ्चुरी बैंकले ६.०५ प्रतिशत लाभाशं बाँड्ने



काठमाडौँ, ३० पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शुक्रबार सम्पन्न एघारौं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ ।

आर्थिक वर्ष २०७८ असारसम्म कायम रहेको चुक्ता पुँजीमा ९ अर्ब ३ करोड ४४ लाख ३९ हजारको ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजार बराबरको बोनस शेयर र २ करोड ७३ लाख ४१ हजार नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नगद लाभाशं चुक्तापुँजीको ०.३० प्रतिशत हुन आउँछ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७७-७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदनपारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयरलाई ५१ प्रतिशत हुने गरी शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिंग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १ सय २६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १ सय ८ एटिएम मार्फत वित्तीय सेवा प्रदानगर्दै आइरहेको छ ।

साधाराण सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवम् अनलाइन (जुम) मार्फत सहभागिता भएको थियो ।

प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ
सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् ।

श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकका विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्ष भन्दा बढीको अनुभव हासिल गरेका छन् । श्रेष्ठ संचालन, व्यवस्थापन र व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्