Logo
  माघ ८, २०७८ शनिबार

केएमसीका सञ्चालक शर्मालाई विद्यार्थीले दले मोसो



काठमाडौँ, ३० पुस । काठमाडौँ मेडिकल कलेज (केएमसी) का सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालो मोसो दलेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियूका विद्यार्थीहरूले शर्मालाई मोसो दलेका हुन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफलपछि विद्यार्थीहरूले मन्त्रालय परिसरमा उनीमाथि मोसो दलेका हुन् ।

अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन् । सरकारलाई अटेरी गर्दै अतिरिक्त शुल्क लिएको भन्दै मोसो दलेको अनेरास्ववियूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्