Logo
  माघ ८, २०७८ शनिबार

झापाका ४५ सहित प्रदेश १ मा ३७९ जनामा कोरोना संक्रमण



विराटनगर, ३० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ ।

७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको हो ।

त्यस्तै प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार १३७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्