Logo
  माघ ८, २०७८ शनिबार

स्करपियो त्रिशुलीमा खस्दा सात जना घाइते



चितवन, ३० पुस । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात जना घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६:०० बजेतिर खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ लगिएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्