Logo
  माघ ८, २०७८ शनिबार

४ हजार ६३६ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु



काठमाडौँ, १ माघ । पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रायलका अनुसार पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।

अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्