Logo
  माघ ८, २०७८ शनिबार

चारआली जेसिजद्वारा प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न



मेचीनगर, १ माघ । चारआली जेसिजले प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम शनिवार सम्पन्न गरेको छ ।जेसिजले सम्पन्न गरेको उक्त तालिम वर्ष २०२२ को सम्भवत: देशभरीमै पहिलो तालिम रहेको छ ।

चारआली जेसिज वर्ष २०२२ का अध्यक्ष विरबहादुर बेघा ‘बिरु’ को अध्यक्षतमा भएको तालिममा उद्धघाटन समारोहको प्रमुख अथिति नेपाल जेसिजका क्षेत्र ‘क’ निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा रहेका थिए भने समापन समारोहको प्रमुख अथिति नेपाल जेसिजका क्षेत्र ‘क’ निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र निरौला रहेका थिए ।

उक्त तालिमको सहजीकरण दमक जेसिज वर्ष २०१७ का अध्यक्ष गोविन्दराज कटेलले गरेका थिए ।

सो तालिममा जेसीज भनेको के हो, यसले समाजमा रहेर कस्ता कार्यहरु गर्छ, के का लागि जेसीजमा आवद्ध हुने, यसको सदस्य बनेर हुने फाईदाहरु के-के छन् लगायतका बारेमा सहजीकरण गरिएको थियो ।

उक्त अवसरमा तालिमका प्रमुख अथितिद्वय, नेपाल जेसिजका क्षेत्र ‘क’ का निरुपित राष्ट्रिय उपाध्यक्ष साँवा, नेपाल जेसिजका क्षेत्र ‘क’ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निरौला, चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णु रिमाल, चारआली जेसिज वर्ष २०१७ का अध्यक्ष धनबहादुर तामाङ, चारआली जेसिज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो तालिम समापन समारोहमा चारआली जेसिजका उपाध्यक्ष प्रबुल केसी क्षेत्री र मानबिर राजवंशीले आ-आफना सिकाइ मन्तव्य राखेका थिए ।

चारआली जेसिजका उपाध्यक्ष विवेक सुन्दासले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने तालिम निर्देशक भूपेन्द्र प्याकुरेल मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्