Logo
  चैत्र १६, २०८० शुक्रबार

त्रिदेव साहित्य तथा कला समाजको संयोजकमा राई



मेचीनगर, २६ भदौ । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा त्रिदेव साहित्य तथा कला समाज गठन गरिएको छ ।

उक्त समितिको संयोजकमा बिएड दोस्रो वर्षमा अध्ययनरत अनिश राई सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सह-संयोजकमा कैलाश रेग्मी, सदस्य सचिवमा कृति घिमिरे र सदस्यहरुमा दावा तामाङ, सागर साम्पाङ राई, रेजिना पोखरेल, साजन प्रधान, दीपा हुमागाईं र स्वस्तिका गौली चयन भएका विद्यार्थी गुणस्तरीय समूह त्रिदेवका संयोजक उत्सव भट्टराईले जानकारी दिए ।

त्रिदेव साहित्य समाजका अध्यक्ष रोसन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक ढुण्डिराज न्यौपाने, रोहित बराल, केशव पौडेल, विद्यार्थी नेताहरु बिनिता न्यौपाने र प्रतिभा ढकालले शुभकामना मन्तव्य राखेका थिए ।

नयाँ समितिको गठन प्रक्रियामा प्राध्यापक पर्शुराम अधिकारीले सहजीकरण गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी गुणस्तरीय समूह त्रिदेवका संयोजक उत्सव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्