Logo
  चैत्र १६, २०८० शुक्रबार

मनकामना कलेजमा रचना वाचन कार्यक्रम सम्पन्न



बिर्तामोड, २९ भदौ । मनकामना क्याम्पस साहित्यिक परिवारले मंगलबार साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं रहेका थिए ।

उक्त कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले क्रमशः गजल, मुक्तक, कविता आदि प्रस्तुत गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रसाईं, शैक्षिक कार्यक्रम संयोजक कुमार थपलिया र मनकामना क्याम्पस साहित्यिक परिवारका निवर्तमान अध्यक्ष संगीता कोइराला लगायतले आ- आफना धारणा राखेका थिए ।

परिवारका अध्यक्ष भण्डारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने प्रियंका उप्रेतीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमेश खतिवडाले गरेका थिए ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले कलेजमा २०७२ सालमा स्थापित साहित्यिक परिवारले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्