Logo
  बैशाख ८, २०८१ शनिबार

सुनसरीमा विजय जुलुस निकाल्ने क्रममा झडप: १२ जना घाइते



सुनसरी, १४ मंसिर । सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्‍यालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

दुहबी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको घर नजिक विजय र्‍यालीमा अबिर लगाउने क्रममा कांग्रेसका कार्यकर्तालाई लागेर विवाद हुँदा झडप भएको सुनसरी प्रहरीले जनाएको छ । झडपका क्रममा दुई पक्षकै गरेर १२ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्