Logo

प्रतियोगितात्मक गीता प्रश्नोत्तरको उपाधी माधव संस्कृतले हात पार्यो



झापा, १९ मंसिर । अर्जुनधारा-९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयमा गीता जयन्तिको अवसर पारेर गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।

काशी-मणि पितृ स्मृति समूहले आयोजना गरेको प्रतियोगितामा माधव संस्कृत विद्याश्रम सहरेडाँगीले प्रथम र द्वितीय स्थान हासिल गरेको छ ।

त्यस्तै प्रतियोगितामा सप्तऋषी गुरुकुल अर्जुनधारा-९ तृतिय र हरिहर आश्रम बुट्टाबारीले सान्त्वना स्थान हासिल गरेका छन् ।

आश्रमका अध्यक्ष तुलसीराम आचार्यको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथी विशिष्ट समाजसेवी व्यक्तित्व कोमलप्रसाद पोख्रेल रहेका थिए ।

विभिन्न संघसंस्था, गुरुकुल प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा जम्मा पाँच वटा गुरुकुलका १० जना विद्यार्थीको सहभागीता रहेको थियो ।

विष्णुकुमार भट्टराईको संयोजनमा सम्पन्न कार्यक्रमको स्वागत यामप्रसाद रिजालले गरेका थिए भने कार्यक्रमको सञ्चालन स्मृती समुहका सचिव गणेश भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्