Logo

ट्विटर प्रयोगकर्ताले एलन मस्कको विपक्षमा मतदान गरे



अमेरिका, ४ पुस । ट्विटर प्रयोगकर्ताले ट्विटरका मालिक एलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउने पक्षमा मतदान गरेका छन् ।

ट्विटर खरिदपछि आफैँ सीईओ बनेका मस्कले के म ट्विटरको प्रमुख पदबाट हट्नुपर्छ? भनेर प्रश्न राख्दै हो वा होइनमा क्लिक गर्न आह्वान गरेका थिए ।

ट्विटरका एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेकामा ५७ दशमलव ५ प्रतिशतले मस्कको विपक्षमा मतदान गरेका छन् । मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक हुन् ।

अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि मस्क बारम्बार विवादमा आइरहेका छन् । कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारलाई प्रतिबन्ध लगाएको र पहिले नि:शुल्क सेवाहरूका लागि अहिले शुल्क लिन खोजेपछि मस्कविरुद्ध आक्रोश बढेको छ ।

प्रतिक्रिया दिनुहोस्