Logo

मनकामना क्याम्पस साहित्यिक परिवारले गर्यो वक्तृत्वकला प्रतियोगिता



बिर्तामोड, १९ फागुन । मनकामना क्याम्पस साहित्यिक परिवारले आज वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

मनकामना क्याम्पस परिवारकी अध्यक्ष प्रियङ्का उप्रेतिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्वको रुपमा मनकामना क्याम्पसका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई रहेका थिए ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख साथै परिवारका संरक्षक राजेन्द्र प्रसाईं, क्याम्पसका शैक्षिक संयोजक साथै परिवारका संरक्षक कुमार थपलिया, प्राध्यापक विष्णु लामिछाने, तुलसी दाहाल, निवर्तमान सचिव उमेश खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिभा पलायन आजको मुख्य समस्या र सामाजिक संजालको फाइदा र बेफाइदा शिर्षकमा रहि जम्मा १७ जना प्रतियोगीले आफ्नो वक्तव्य दिएका थिए ।

सो प्रतियोगितामा निर्णायकको रुपमा प्राध्यापक ध्रुव गौतम, प्राध्यापक मित्रजङ्ग कार्की र परिवारका निवर्तमान अध्यक्ष हरिकृष्ण भण्डारी रहेका थिए ।

उक्त प्रतियोगितामा सुजिता राई प्रथम, सुदिप लिम्बू द्वितीय ,सुस्मिता बराल तृतीय र एन्जल लुइँटेल सान्त्वना भएका थिए । बिजेतालाई दोसल्ला, डायरी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रममा मन्तव्य राख्दै संरक्षक थपलिया र प्राध्यापक लामिछानेले यस कार्यक्रमले विद्यार्थी वर्गमा सकारात्मक र उत्प्रेरणामुलक प्रभाव परेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

यो संस्था मनकामना कलेज बिर्तामोडमा अध्ययन्रत साहित्य अनुरागी विध्यार्थिहरुको एक साहित्यिक समूह हो । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा वि.सं.२०७२ सालमा स्थापित यस परिवारले विभिन्न समयमा विविध साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ ।

मनकामना क्याम्पस साहित्यिक परिवारका सम्पादक प्रकाश निराकारले शाब्दिक मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सुजन कठेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्