Logo
  चैत्र १८, २०७९ शनिबार

नेप्सेमा धर्ना दिन पुगेका तीन जना लगानीकर्ता पक्राउ



काठमाडौँ, ३ चैत । भद्रकालीमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरू आज नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए ।

निषेधित क्षेत्रमा धर्ना बसेपछि तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त अनामनगर लगिएको प्रहरी वृत्त अनामनगरका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई गिरफ्तार गरिएको छ । पुँजी बजारसम्बन्धी सुझाव प्रतिवेदन कार्यान्वयनको माग लिएर लगानीकर्ता नेप्सेको कार्यालयमा भेला भएका थिए ।

कार्यालय पुगेका लगानीकर्तालाई नेप्सेका कम्पनी सचिव मुराहरी पराजुलीले छलफलमा बस्न भने पनि लगानीकर्ताले अध्यक्षसँग बाहेक अरूसँग कुरा नगर्ने भन्दै धर्ना दिएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्