हरिवंशले ल्याए ‘काउली’ बोलको गीत
काठमाडौँ, ३ चैत । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोकलयमा आधारित ‘काउली’ बोलको गीतमा लोक गायिका शान्ति श्री परियारले साथ दिएकी छन् ।
गीतको भिडियोमा समेत आचार्य स्वयम्ले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलो पटक प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।
हरिवंशका अनुसार उनले यो गीते निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् । ‘एक वर्षअघि म सरोज भाईको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासी काउलीको प्रङ्ग निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फु¥यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो ।’
गीत पारिवारिक र सांस्कृतिक कार्यक्रममा नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे, ब्रतबन्धमा उफ्रि उफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकले पनि उफ्रि उफ्रि नाच्न सक्नु हुनेछ,’ उनले भने ।
यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भिर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।