Logo

मदिराजन्य वस्तु ओसारपसार गर्दा धेरै नेपाली साउदीको जेलमा



काठमाडौँ, ६ चैत । साउदी अरबका विभिन्न कारागार (जेल)मा परेका नेपालीमध्ये अधिकांशलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप लागेको बताइएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार दूतावासले सूचनामार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रहसमेत गरेको हो ।

दूतावासका अनुसार यस्तो कार्यमा लगाउने पनि बढीजसो नेपाली नागरिक नै हुने गरेका छन् । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै व्यक्तिबाट ठगिएको भन्ने गुनासो आएकाले यसबारे सचेत रहन दूतावासले साउदीमा रहेका आफ्ना श्रमिकलाई आग्रह गरेको छ ।

साउदी नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देशमा पर्छ तर यहाँको कानुन कडा छ । नियम कानुनका बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् । साउदी अरबमा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्